वीरगञ्जमा मोबाईल मर्मत सम्बन्धि तालिम सञ्चालन, २० जना युवा लाभान्वित

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ फागुन ५, शुक्रबार (२ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

दिपू वर्णवाल

फागुन ५, वीरगञ्ज । वीरगञ्जमा पारस सीप विकास केन्द्रले आयोजना गरेको तालिममा २० जना युवाले मोबाईल मर्मत सम्बन्धि तालिम लिएका छनन् । वीरगञ्ज उद्योग वाणिज्य संघको सभाकक्षमा सन्चालित ४५ दिने तालिम शुक्रबार सकिएको हो ।

शुक्रबार तलिम समापन समारोहमा बोल्दै वीरगञ्ज महानगरपालिकाका उप–उपमेयर इम्तियाज आलमले तालिमबाट सिकेको सीपलाई आय आर्जनमा सदुपयोग गर्न तालिममा सहभागीहरुलाई सुझाव दिए।उनले सीप सिक्ने र सिकाउने काम प्रत्यक्ष जीवनसंग जोडिएकोले यस प्रकारका तालिम प्रदान गर्ने विषयमा वीरगञ्ज महानगरको सधैं सकारात्मक भुमिका रहने प्रतिबद्धता पनि जनाए । उप–मेयर आलमले तालिम केन्द्र मार्फत कार्यालयमा अन्य तालिमहरुको अपेक्षा राखेको भन्दै मोबाइल मर्मत तालिमको ब्यवस्थाका लागि धन्यवाद ज्ञापन पनि गरे ।

तालिमको समापन समारोहमा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार प्रदान पनि गरिएको थियो । उपपमेयर आलमकै प्रमुख आतिथित्यतामा भएको कार्यक्रममा उपमेयर आलमका स्वकिय सचिव शेष हजरा, वीरगञ्ज महानगरपालिकाका कर्मचारी कमल महतो, नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव लगायतको उपस्थिति रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस