फागुन ९, काठमाण्डौँ । मनकामना दर्शन प्रा।लि।ले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत शहिद लखन गाउँपालिकालाई विशेषत वडा नं २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि एक थान महिन्द्र ट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेको छ ।
कुरिनटारस्थित् अग्नी इनकर्पोरेटेड प्रालिको अफिस प्राङ्गणमा कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई फोहोर व्यवस्थापन कार्यको लागि एक थान महिन्द्र ट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं।२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापनका समितिका अध्यक्ष तथा सदस्यहरुको लगायत यस प्रा।लि।का उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो ।