चैत्र २९, उदयपुर । उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनमा प्रयोग हुने कोइला परिक्षणपछि गुणस्तरहिन भएको प्रमाणित भएपछि दुई ट्रक कोइला फिर्ता पठाएको छ ।
आज मंगलबार उद्योग परिसरमा आएको २ ट्रक कोइला प्रयोगशालामा परिक्षण गर्दा कोइलामा मिसावट भएको पाइएको हो । उदयपुर सिमेन्टले आफ्नो उच्चतम गुणस्तरलाइ कायम राख्न सिमेन्टमा प्रयोग हुने कोइलालगायत आवश्यक पदार्थको नियमित परिक्षण गर्ने गर्दछ ।