आजदेखि वर्ष २०८० प्रारम्भ, शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १, शुक्रबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख १, काठमाण्डौँ । आज शुक्रबारबाट विक्रम सम्वत २०८० सुरु भएको छ । १ वैशाखलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएको छ ।

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन् ।

नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जस कारण नयाँ वर्षको दिन साथीभाइ तथा परिवारका सदस्यहरु भेला भएर घुम्न जाने, रमाइलो गर्ने गर्छन् । यसदिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ ।

ताजा अपडेट

खोजी गर्नुहोस