मिटरब्याजी पीडितले बैशाख ४ गते काठमाडौंमा बृहत मार्चपास गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० बैशाख १, शुक्रबार (२ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

वैशाख १, काठमाण्डौँ । सरकारसँगको वार्ता भंग भएपछि मिटरब्याजीपीडितले काठमाडौंमा बृहत्  मार्च पास गर्ने भएका छन् ।

आफ्ना माग पूरा गर्नका लागि दबाब दिन भन्दै आगामी बैशाख ४ गते काठमाडौंमा बृहत मार्चपास गर्ने जनाएका छन् ।

यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो ।

वार्ता भंगएपछि उनीहरू काठमाडौंको शान्तिवाटिकामा निरन्तर धर्ना दिँदै आएका छन् ।  मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राख्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस