बैशाख १,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गरेका छन् । मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गरेका थिए । समारोहमा व्यवसायी, संस्कृतिविद्, कलाकार, पत्रकार, समाजसेवी, खेलाडी, प्रशिक्षक, निजामती, जङ्गी, चिकित्सक, विदेशी नागरिकलगायतलाई मानपदवी प्रदान गरिएको थियो ।
मानपदवी प्रदान गर्ने खबर थाहा नपाउदा आज धेरैजनाले मानपदवी लिन पाएनन् । राष्ट्रपति कार्यालयले पदवी पाउने आधिकारिक व्यक्तिलाई जानकारी नदिएको कतिपयले गुनासो गरेका छन् । यद्यपी कार्यालयले आफ्नो वेवसाइटमा पदवी पाउने व्यक्तिहरुको सुची प्रकाशन गरेको बताएको छ । पदवी प्रदानबारे आफुलाई थाहा नभएको नेपाल सेवा प्रविण पदक प्राप्त गर्ने एक व्यक्तिले अनलाइनकेन्द्रलाई जानकारी दिए । उनले भने–राष्ट्रपति कार्यालयले पदवी दिँदै रहेछ, यहाँ कतिपयलाई प्रदान गर्ने मिती नै थाहा छैन् , मलाई पनि जानकारी
उनले कमसेकम राष्ट्रपति कार्यालयले पदवी प्रदान गर्ने मिती र समयको जानकारी दिइनुपर्ने बताए । यद्यपी गृह मन्त्रालय स्रोतले भने आन्तरिक परिपत्र गरेको हुने र सम्बन्धित व्यक्तिलाई जानकारी हुने बताएको छ । स्रोतका अनुसार आज राष्ट्रपतिबाट विभुषणको अवसर नपाएपनि गृह मन्त्रालयबाट १ बर्ष भित्र बुझ्न सकिनेछ । सम्बन्धित व्यक्ति स्वयम गएर मानपदवी लिन सकिने गृह मन्त्रालयले जनाएको छ ।