कोलकत्ता हुँदै दुबई जान लागेका एक ब्यक्ति साढे ५ किलो चरेससहित पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ७, बिहिबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । कोलकत्ता हुँदै दुबई जान लागेका एक जनाबाट साढे ५ किलो लागुऔषध चरेस फेला परेको छ । उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले झापा भद्रपुरका २५ वर्षीय सुमन लिम्बुलाई पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा प्रहरीले अपरान्ह लिम्बुलाई पक्राउ गरेको हो । एयर इन्डियाको विमानबाट १०८९३५४१ नम्बरको राहदानीका ब्यक्ति दुबई जान लागेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस