गोरखामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ८, शुक्रबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार ८, काठमाण्डौँ । गोरखामा जन्ती बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

राति १ बजेतिर सहिदलखन गाउँपालिका ३ को पातले खोलामा बस दुर्घटना भएको हो । प्रदेश ३ –०१–०२३ च २४२७ नम्बरको बस दुर्घटनाका घाइतेको उद्धारमा रातको समय भएकाले ढिलाइ भएको थियो । अहिले उद्धारको काम भइरहेको उनको भनाइ छ । दुर्घटनामा परेर चार पुरुष र एक महिलाको मृत्यु भएको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस