बैतडीमा विषालु च्याउ खाँदा ५ जना बिरामी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ५, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ५, बैतडी । बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका–३ तडिगाउँमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना सदस्य बिरामी परेका हुन् ।

बिरामी हुनेमा ३५ वर्षीय टेकराक भट्ट, वर्ष ३५ कै धौली भट्ट, १२ वर्षीय भुवन, १० वर्षीया शारदा र वर्ष ८ का डब्लु रहेका छन् । सबै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको इलाका प्हरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस