काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा घट्यो गाडी भाडा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ११, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाडौँ । काठमाडौं उपत्यकासहित बागमती प्रदेशभित्रै सार्वजनिक सवारीसाधनको भाडा घटेको छ ।

आजदेखि लागू हुने गरी बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको हो । पेट्रोलियम पदार्थको मूल्यसँगै प्रदेश सरकारले भाडा समायोजन गरेको हो ।

प्रदेशभित्र चल्ने लामोदूरीका यात्रुबाहक सवारी साधनको भाडादर २.३० प्रतिशतले घटेको छ भने प्रदेश भित्र चल्ने लामो–छोटो दूरी मालबाहक सवारी साधनको भाडादर ३.१८ प्रतिशतले घटेको छ । यस्तै, प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस