काठमाडौं महानगरपालिकाद्धारा करदातालाई कर छुटको सुविधा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण १३, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १३, काठमाडौँ । काठमाडौं महानगरपालिकाले करदातालाई कर छुटको सुविधा दिएको छ । महानगरपालिकाले उक्त सुविधा आर्थिक ऐन, २०८० अनुरूप उपलब्ध गराएको हो । यस्तो सुविधा काठमाडौं महानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिलाई नागरिकता, मतदाता परिचयपत्र वा बसाइँसराइ प्रमाण पत्रका आधारमा दिइनेछ । यो चालू आर्थिक वर्षका लागि दिइएको सुविधा हो ।

उपलब्ध गराइएका कर छुटका शीर्षकमा सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा अवधि तोकेर छुट सुविधा उपलब्ध गराइएको छ । छुट सुविधा वडा कार्यालयबाट लिन सकिने कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस