अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १३, शनिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन १३, चितवन । पहिरोका कारण अवरुद्ध भएको चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।

बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

सडकको पहिरो पन्छाएर बिहान ८ः५५ बजेदेखि सडक पुनः दुईतर्फी नै सञ्चालन आएको प्रहरीले जनाएको छ ।

यसअघि आज बिहानै १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो ।

पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस