काठमाडौं महानगरले प्लास्टिक प्रयोगमा निषेध गर्न नियमित अनुगमन गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १३, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १३, काठमाडौँ । काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक प्रयोगमा निषेध गर्ने अभियान सफल बनाउन नियमित अनुगमन गर्ने भएको छ ।

कामपाले यही साउन १ गतेदेखि उक्त अभियान सुरु गरे पनि पूर्ण कार्यान्वयन नभएको भन्दै नियमित अनुगमन गर्ने जनाएको छ । अनुगमन कार्यका लागि कामपा वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गरिने छ ।

प्रहरीको क्षेत्रबाट चार टोली र केन्द्रबाट एउटा टोली गरी पाँच वटा टोली परिचालन हुने कामपा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उक्त टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लास्टिकको जाँच गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस