डा. गोविन्द केसीले गरे सत्याग्रहको घोषणा, के-के छन् उनका मागहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २९, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २९, काठमाडौँ । बिभिन्न माग राख्दै चिकित्सा शिक्षा सुधारका अभियान्ता गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै शुक्रबार बेलुकादेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको जानकारी दिएका हुन् ।

उनले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउन माग गरेका छन् ।

त्यस्तै सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउनेस चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने उनको माग छ।

ताजा अपडेट

खोजी गर्नुहोस