कृषि विकास बैंकद्वारा रक्तदान कार्यक्रम

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ १३, शनिबार (१ साल अघि)
  • १६ पटक पढिएको
कृषि विकास बैंकद्वारा रक्तदान कार्यक्रम

काठमाडौं । कृषि विकास बैंकले ५७ औं वाषिकोत्सवको उपलक्षमा रक्तदान कार्यक्रम गरेको छ। कृषि विकास बैंक कर्मचारी संघ मुख्य कार्यालय समिति र बाग्मती प्रदेश समितिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो।

रक्तदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरूङ,  पेशागत महासंघ नेपालका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद ढकाल , कृाष विकास बैक कर्मचारी संघको केन्द्रीय अध्यक्ष लिला जि.सी लगायतको उपस्थिति रहेको संघले जनाएको छ । उक्त कार्याक्रममा बैंकका उपमहाप्रबन्धक, विभागीय प्रमुखका लगायत कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त रक्तदान कार्याक्रममा ११६ जनाले रक्तदान गरेका थिए । बैंकको वार्षिकोत्सवको उपलक्षमा आयोजना गरिने विभिन्न कार्यक्रम अन्र्तगत कृषि विकास बैंक कर्मचारी संघले हरेक वर्ष जस्तै यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस