नेपाल-भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठक बर्दिबासमा सम्पन्न

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष १४, आईतबार (४ महिना अघि)
  • ६० पटक पढिएको
नेपाल-भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठक बर्दिबासमा सम्पन्न

पौष १४, रौतहट । नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठक मधेश प्रदेशको बर्दिबासमा सम्पन्न भएको छ । नेपाल र भारतको सीमा क्षेत्रमा हुने अबैध गतिबिधि पुर्ण रुपमा नियन्त्रण गर्ने दुई देशीय उच्च सुरक्षा अधिकारीहरुको बैठकले निर्णय गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी बीच छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बर्दिबासमा भएको संयुक बैठकले उक्त निर्णय गरेको हो । सशस्त्र प्रहरी बल¸ नेपाल नम्बर २ को आयोजनामा डिआईजी स्तरीय बैठक शनिवार साँझ सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीबीच नियमित रुपमा हुने स्तरीय समन्वयात्मक बैठकको आयोजना सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले गरेको हो । ​

ताजा अपडेट

खोजी गर्नुहोस