गोली प्रहार गरी काठमाडौँको टोखाबाट लागुऔषध कारोबारी पक्राउ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २७, मंगलबार (१ दिन अघि)
  • ७२ पटक पढिएको
गोली प्रहार गरी काठमाडौँको टोखाबाट लागुऔषध कारोबारी पक्राउ

जेठ २७, काठमाडौँ । काठमाडौँको टोखामा लागुऔषध कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिनएको छ । प्रहरीको गोली लागेर २ जना घाइते भएका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोको प्रहरीको टोलीले खैरो हिरोइन रहेको जानकारी पाएपछि पक्राउ गर्न टोखा पुगेको थियो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जनक शाहीले २ जनालाई पहिले र प्रहरीमाथि आक्रमण गर्ने २ जनालाई गोली प्रहार गरेर पक्राउ गरिएको जानकारी दिए ।

टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पताल पछाडि ब्राउनसुगर कारोबारीसँग जम्काभेट भएको थियो । सो क्रममा प्रहरीलाई रड प्रहार गरेपछि प्रहरीले चार राउन्ड हवाइ फायर र ३ राउन्ड गोली कारोबारीका खुट्टामा प्रहार गरेको जनाइएको छ ।

रड प्रहारबाट २ जना प्रहरी घाइते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस