आजबाट पानी पर्नेक्रम सुरु, मनसुन फैलन अझै एक हप्ता लाग्ने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २८, बुधबार (१ दिन अघि)
  • ८२ पटक पढिएको
आजबाट पानी पर्नेक्रम सुरु, मनसुन फैलन अझै एक हप्ता लाग्ने

जेठ २८, काठमाडौं । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । कोसी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति पनि सोही क्रम जारी रहनेछ ।

यस्तै मौसमविद् प्रतिभा मानन्धरले आजबाट पानी पर्नेक्रम सुरु भएको बताइन् । “आजबाट पानी पर्नेक्रम सुरु भयो । अब हरेक दिनजसो पानी पर्छ,” मौसमविद् मानन्धरले भनिन्, “अब सुक्खा मौसम सकियो । अब नियमित जस्तै पानी पर्ने भएकाले सुक्खा हुँदैन ।”

यो हप्ताको अन्तिमसम्म कोसी प्रदेशमा रहेको मनसुन अन्य प्रदेशमा पुग्ने उनले बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस