प्रधानमन्त्री कपमा एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ माघ २, शुक्रबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ २, काठमाण्डौ । आजदेखि प्रधानमन्त्री कप अन्तर्गत एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । दाङमा महिलाको पीएम कप गरेको नेपाल क्रिकेट संघ क्यान ले आजदेखि पुरुषको प्रतियोगिता गर्न लागेको हो । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल आज त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच हुनेछ ।

त्रिवि मैदानसँगै मूलपानी क्रिकेट मैदानमा पनि हुने प्रतियोगिता आउँदो माघ १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने क्यानले जनाएको छ । क्यानले प्रतियोगितामा सहभागी हुने १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस