माघ ६, काठमाडौं । चौथौ टेष्ट ३ विकेटले जित्दै भारतले अस्ट्रेलिया विरुद्धको टेष्ट सिरिज २,१ ले जितेको छ । पहिलो टेष्ट अस्ट्रेलियाले जितेको थियो भने दोस्रो सेट भारतले जितेको थियो । यस्तै तेस्रो सेट बराबरी भएको थियो । चौथो टेष्टमा ३२८ रनको लक्ष्य पछ्याएको भारतले ९७ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो ।
बोर्डर गावास्कर सिरिज जितेपछि भारत आईसीसी टेष्ट वरीयतामा दोस्रो स्थानमा उक्लेको छ भने अस्ट्रेलिया तेस्रो स्थानमा झरेको छ ।