इटालियन सिरिए ए: एसी मिलान आफ्नै घरेलु मैदानमा पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ माघ ११, आईतबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

माघ ११,काठमाडौँ । इटालियन सिरिए ए को शीर्ष स्थानमा रहेको एसी मिलान आफ्नै घरेलु मैदान सान सिरोमा एटलान्टासँग ३–० गोलले स्तब्ध बनेको छ । पराजयसँगै शीर्ष स्थानमा मिलानको अग्रता २ अंकमा सिमित बनेको छ ।

खेलमा क्रिस्टियन रोमेरोले रोबिन गोसेन्सको कर्नरमा गोल गर्दै एटलान्टालाई अग्रता दिलाए । दोस्रो हाफमा एटलान्टाले पाएको पेनाल्टीलाई जोसेफ इलिसिचले सजिलै गोलमा परिणत गरे । डुभान जापाटाले टोलीका लागि तेस्रो गोल गरे ।

मिलान पराजित हुँदा इन्टर मिलानसँग शीर्ष स्थानमा उक्लिने अवसर रहेको थियो । तर, इन्टर पनि उडिनेजेसँग गोलरहित बराबरीमा रोकियो ।

यो सिजन लिगमा मिलानलाई हराउने दोस्रो टोली बनेको एटलान्टा चौथो स्थानमा उक्लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस