प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा प्रदेश २ माथि पुलिसको जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ माघ १२, सोमबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

माघ १२, काठमाण्डौ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज मुलपानीमा सम्पन्न खेलमा प्रदेश २ लाई हराउँदै नेपाल पुलिस क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले ४ विकेटले प्रदेश २ लाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

यो सँगै पुलिसले समूह बी को उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको छ । यसअघि वागमती प्रदेशले समूह विजेता बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस