ए डिभिजन फुटसल लिग वैशाख अन्तिम साताबाट पोखरामा हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ माघ १२, सोमबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

माघ १२, काठमाडौं । ए डिभिजन फुटसल लिग पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा हुने फुटसल लिग वैशाख अन्तिम साताबाट हुने भएको हो । आयोजक एन्फाले सोमबार एक विज्ञप्ति जारी गर्दै लिग वैशाख २५ देखि जेठ १५ गतेसम्म हुने जनाएको छ । प्रतियोगतामा सात प्रदेश र एक विभागीय टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको तयारीका लागि एन्फाले प्रत्येक टोलीलाई एक लाख रुपैयाँ प्रदान गर्नेछ ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले जनही २५ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिताका लागि प्रदेश १ को छनोट खेल चैत १ देखि ५ गतेसम्म इटहरीमा हुनेछ । त्यस्तै प्रदेश २ का लागि हेटौंडामा चैत ८ देखि १२ गतेसम्म छनोट खेल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस