माघ १४, काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा हुन लागेको बाइल्याट्रल टी २० सिरिज खेल्ने भएको छ । कतार क्रिकेट संघको प्रस्तावलाई स्विकार्दै नेपाल क्रिकेट संघ क्यानले बैठक बसेर नेपाली क्रिकेट टिमलाई कतार पठाउने निर्णय गरेको हो ।
फेब्रुअरी ९ देखि १२ तारिख अर्थात फागुन २५ देखि २८ गतेसम्म हुने प्रतियोगिता अगाडि नेपाली टिमको बन्द प्रशिक्षण फेब्रुअरी १ देखि सुरु हुनेछ । प्रतियोगिताका लागि नेपाली टिम ७ या ८ तारिखमा कतार जाने क्यानले जनाएको छ । प्रतियोगितामा नेपालले ३ खेल खेल्नेछ ।