प्रधानमन्त्री कप क्रिकेट : एपीएफलाई हराउँदै आर्मीले जित्यो उपाधी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ माघ १८, आईतबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । टियु क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । जितसँगै विजेता टोली आर्मीले १० लाख प्राप्त गरेको छ भने उपविजेता एपीएफले ५ लाखमा चित्त बुझाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस