माघ २१, काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले साउथहम्पटनमाथि गोलको बर्षा गरेको छ । गएराती सम्पन्न खेलमा युनाइटेडले साउथहम्पटनलाई ९।० गोल अन्तरले पराजित गरेको छ ।
योजितपछि म्यानचेस्टर युनाइटेडको २२ खेलमा ४४ अंक भएको छ भने शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग बराबरी गरेको छ । यद्यपी सिटीले दुई खेल कम खेलेको छ । त्यस्तै साउथहम्पटनको भने २१ खेलमा २९ अंक रहेको छ ।