इंग्लिस प्रिमियर लिग फुटबलमा आज टोटेनहम र चेल्सी भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ माघ २२, बिहिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २२, काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज टोटेनहम र चेल्सी भिड्दै छन् । टोटेनहमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ : ४५ बजे शुरु हुनेछ । यस खेलमा सफलता हात पार्ने टोलीले एभर्टनलाई पछि छैटौं स्थानमा उक्लनेछ । २० खेलबाट टोटेनहम ३३ अंक जोडेर सातौं स्थानमा तथा २१ खेल खेलेको चेल्सी ३३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यि दुई टोलीबीचको पछिल्लो २७ खेलको नतिजामा चेल्सीले १३ खेल आफ्नो पक्षमा पार्दा ५ खेल टोटेनहमले जितेको छ । ९ खेल बराबरीमा सकिएको छ । गत नोभेम्वरमा यि दुई टोलीले गोलरहित बराबरी खेल्दा सेप्टेम्वरमा कारवाओ कपमा टोटेनहमले चेल्सीलाई पेनाल्टीमा निराश पारेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस