माघ २५, काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन छैठौं स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ३–३ गोलको बराबरी खेल्दै एभर्टन छैठौं स्थानमा उक्लिएको हो ।
यस्तै एस्टोन भिल्ला आठौँ स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा अर्सनललाई १–० गोलले पराजित गर्दै एस्टोन भिल्ला आठौँ स्थानमा उक्लिएको हो । जारी लिगमा म्यानचेस्टर सिटी ४७ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।