साउन २०, काठमाण्डौ । घरेलु टिम बंगलादेशले पहिलो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै ऐतिहासिक जित निकालेको छ । ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले हराएको हो ।
जितसँगै बंगलादेशले पाँच खेलको श्रृंखलामा १–० को अग्रता बनाएको छ । दोस्रो खेल आज बेलुका पौने ६ बजे हुनेछ ।