‘प्लेयर अफ दि इयर’को उपाधि जोर्गिन्होलाई

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ भाद्र ११, शुक्रबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको उपाधि चेल्सीका मिडफिल्डर जोर्गिन्होले पाएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार जोर्गिन्होलाई उपाधि दिएको हो ।

जोर्गिन्होले म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र चेल्सीकै एनगोलो कान्टेलाई पछि पार्दै उपाधि जितेका हुन् । इटालियन मिडफिल्डर जोर्गिन्होले चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । २९ वर्षीय जोर्गिन्होले चेल्सीका लागि यूईएफए सुपर कप समेत जितेका थिए ।

उनी मुख्य युरोपियन प्रतियोगिताको सबै उपाधि जित्ने चेल्सीका पहिलो खेलाडी समेत हुन् । उनले च्याम्पियन्स लिग, युरोपा लिग, यूईएफए सुपर कप र युरोकप जितेका छन् । ।

महिलातर्फको अवार्ड बार्सिलोनाका एलेक्सिया पुटेलासले जितेकी छन् ।

पुरुषको कोच अफ दि इयर अवार्ड चेल्सीका थोमस टुचेलले पाए । उनले पेप ग्वार्डीओला र रोबर्टो मान्सिनीलाई पछि पारे ।

महिलाको कोच अफ दि इयर अवार्ड लुइस कोर्टेसले हात पारे ।

यस्तै व्यक्तिगत विधाको पुरुषतर्फको फरवार्ड अफ दि सिजन अवार्ड बोरुसिया डर्टमण्डका अर्लिङ हालाण्डले हात पारे । महिलातर्फ बार्सिलोनाका जेन्नी हेर्मोसोले जितिन् ।

पुरुषतर्फ मिडफिल्डर अफ दि सिजन चेल्सीका एनगोलो कान्टे र महिलातर्फ बार्सिलोनाका एलेक्सिया पुतेलासले जितिन् ।

डिफेन्डर अफ दि सिजन अवार्ड पुरुषतर्फ सिटीका रुबेन डियास र महिलातर्फ पीएसजीका इरेने पारेडेसले जितिन् ।

पुरुषतर्फ गोलकिपर अफ दि सिजन अवार्ड चेल्सीका एडुआर्ड मेन्डीले हात पार्दा महिलातर्फको अवार्ड बार्सिलोनाका सान्ड्रा पानोसले हात पारिन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस