भदौ १३, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल बेटिसलाई हराएको छ । शनिबार राति भएको खेलमा रियलले बेटिस क्लबलाई १–० ले हराएको हो ।
रियलको जितमा ड्यानी कार्भाजलले ६१ औं मिनेटमा विजयी गोल गरेका थिए । करिम बेन्जिमाको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् ।
केलियन एम्बाप्पे रियल आउने चर्चाका बीच रियलले संघर्षपूर्ण जित निकालेको हो ।
रियलले ७ अंक सहित शीर्ष स्थान कब्जा गरेको छ । दोस्रो स्थानमा रहेको सेभिल्लाको समान अंक छ । रियल बेटिस २ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।