रोनाल्डो बने सर्वाधिक गोलकर्ता

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ भाद्र १७, बिहिबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भदौ १७ एजेन्सी । रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान तोडेका छन् । विश्वकप छनोटमा रिपब्लिक अफ आयरल्याण्डविरुद्ध दुई गोल गरेका रोनाल्डोले अन्तराष्ट्रिय पुरुष फुटबलको सर्वाधिक गोलको कीर्तिमान भंग गरेका हुन् ।

रोनाल्डो प्रेरित पोर्चुगलले नाटकीय खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो । ३६ वर्षिया फरवार्डले अन्तिम समयमा हेडमार्फत दुई गोल गरेका थिए । उनले कीर्तिमान भंग गर्ने र सो कीर्तिमानलाई अघि बढाउने काम गरेका छन् ।

हारतर्फ उन्मुख पोर्चुगलका लागि खेलको अन्तिम समयमा रोनाल्डोले बराबरी गोल फर्काएका थिए । इन्जुरी समयमा थप एक गोल गर्दै टिमलाई जित दिलाएका थिए । खेलको सुरुवातमा रोनाल्डोको पेनाल्टीलाई गोभिन बाजुनुले रोकेका थिए ।

अली दाइले इरानका लागि सन् १९९३ देखि २००६ सम्म अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक १ सय ९ गोल गरेका थिए । रोनाल्डोले युरो २०२० मा सो कीर्तिमानलाई बराबरी गरेका थिए ।

म्यान्चेष्टर युनाईटेडका फरवार्ड रोनाल्डोले सर्जियो रामोसको युरोपियन प्रतियोगितामा सर्वाधिक १ सय ८० क्यापको कीर्तिमानी समेत बराबरी गरेका छन् ।

रोनाल्डो यसै सिजन प्रिमियर लिग क्लब युनाईटेड फर्किएका छन् । उनी खेलाडी सरुवा बजारको अन्तिम दिन युभेन्ट्सबाट युनाईटेड आएका हुन् । रोनाल्डो र दाइ मात्र यस्ता दुई खेलाडी हुन्, जसले अन्तराष्ट्रिय फुटबलमा ९० भन्दा बढी गोल गरेका छन् ।

रोनाल्डो युरोपेली क्लब फुटबलका सर्वाधिक गोलकर्ता हुन् । उनी युरोपियन कप र च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् । रियल मड्रिडका पूर्व फरवार्ड रोनाल्डोले युरोपियन च्याम्पियनसिप ईतिहासमा सर्वाधिक १४ र युरो र विश्वकपमा सर्वाधिक २१ गोल गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस