अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल: नेपाल–भारत पहिलो हाफमा गोलविहीन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ भाद्र २०, आईतबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र २०,काठमाडौँ । नेपाल र भारतले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले पहिलो हाफमा भारतको तुलनामा बढी अवसर सिर्जना गरेपनि फिनिसिङमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

खेलको १३औं मिनेटमा तेज तामाङको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुदै आएको बलमा मनिष डाँगीले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि नियन्त्रणमा लिन नसकेको बललाई डिफेन्डरले क्लियर गरिदिदा नेपाल अग्रता लिनबाट चुक्यो ।

दोस्रो हाफ केही बेरमा सुरु हुनेछ । यसअघिको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । नेपालका लागि अन्जन विष्टको गोलमा अग्रता लिदा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस