पपुवा न्युगिनी भर्सेस नेपाल: नेपालले एक सय ३५ रनको लक्ष्य पायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ भाद्र २२, मंगलबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र २२,काठमाडौँ । पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले एक सय ३५ रनको लक्ष्य पाएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रन बनायो । पीएनजीका लागि लेगा सिकाले ३०, चार्लेस अमिनीले २३ र गौदी टोकाले २२ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए, १० ओभर बलिङ गरेका सन्दीपले ३५ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले दुई दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।

नेपाल र पीएनजीले दुई खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् । यी दुईबीचको अर्को खेल भदौ २५ गते स्थानीय समयअनुसार दिउँसो साढे दुई बजे हुनेछ ।

यो शृङ्खलापछि नेपाल, अमेरिका र ओमनबीच विश्व कप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृङ्खला हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस