आइसीसी विश्वकप लिग-२

नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ २८, बुधबार (१ दिन अघि)
  • ७१ पटक पढिएको
नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हरायो

जेठ २८, काठमाडौं । आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले शानदार जित निकाल्दै सिरिजको सुखद अन्त्य गरेको छ ।

गएराति भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हराएको हो । जितसँगै नेपालले सिरिजमा महत्वपूर्ण ६ अङ्क जोड्न सफल भयो । यो सँगै नेपालले १६ खेलबाट १२ अङ्क बनाएको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिलमा टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९२ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटियो ।

नेपालको पेनाल्टी १० रन मार्फत खेल सुरु गरेको डच टोलीका लागि वाइजली ब्यारिजले ३६ रन बनाउँदा स्कट एडवार्डले ३० रन बनाए । त्यस्तै माइकल लेभिटले २७, क्याली क्लेइनले २५, नेजा निदमानुरुले १७ रन, नोहा क्रोसले २२ र रोलेफ भान डेरले १६ रन बनाए ।​

नेपालको जितमा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका नन्दन यादव र सन्दीप लामिछानेको प्रदर्शन महत्वपूर्ण रह्यो । यादव र लामिछानेले समान ३ विकेट लिए । त्यस्तै ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।

त्यसअघि नेपालले २ सय ३६ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रनको योगदा दिए । भिम सार्की र रोहित पौडेलले समान ३५/३५ रन बनाए । त्यस्तै कुशल भुर्तेलले १८, दिपेन्द्र सिंह ऐरीले १६ तथा बसिर अहमद र करण केसीले ११/११ र नन्दन यादवले १० रन बनाएका थिए ।

नेदरल्यान्ड्सका पउल भान मिकेरेनले ४ विकेट लिए भने माइकल लेभिटले ३ विकेट लिए । त्यस्तै आर्यान दतले १ विकेट लिएका थिए । अब नेपालले यहि सिरिजका टोलीसँग टी-२० सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस