आज अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ २८, बुधबार (१ दिन अघि)
  • ५६ पटक पढिएको
आज अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै

जेठ २८, काठमाडौं । ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ बुधबार विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ । यो दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिन्छ ।

खेल केवल मनोरञ्जन मात्र नभई, सबै उमेर समूहका मानिसहरूबीचको साझा भाषा भएको हो । यसले सामाजिक समावेशीकरण, मानसिक स्वास्थ्यलाई प्रवर्धन गर्छ । अझ बालबालिकाका लागि खेलले विशेष गरी सम्बन्ध निर्माण, समस्या समाधान र विभिन्न सीप विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धिको अनुच्छेद ३१ अनुसार, खेललाई प्रत्येक बालबालिकाको आधारभूत अधिकारको रुपमा मानिएको छ । शिक्षा प्रणालीमा खेलमूलक शिक्षाले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको प्रमाणित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस