आजको शेयर बजारमा सामान्य गिरावट, नेप्से ७.२९ अंकले घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर १७, आईतबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक सात दशमलव २९ अंकले घटेर एक हजार आठ सय ५१ दशमलव २३ को बिन्दुमा सीमित भएको छ ।

आज विभिन्न दुई सय ९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता शेयर ३६ हजार नौ सय ७७ पटक खरिदबिक्री हुँदा रू ९६ करोड ४० लाख १० हजार चार सय ३१ बराबरको कारोबार भएको छ ।

लघुवित्त समूहमा शून्य दशमलव ०६ प्रतिशतको वृद्धि देखिएको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै म्युचुअल फन्ड समूह एक दशमलव २५ र वित्त समूह शून्य दशमलव ५५ प्रतिशतले घटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस