मंसिर २२,खोटाङ । खोटाङको दिक्तेलमा रहेको लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगीसम्बन्धी कसुरमा चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । सहकारीको बचत ठगीसम्बन्धी कसुरमा ३५ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दायर भएकोमा चार जना प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
अदालतको आदेशमा बिहीवार सहकारीका अध्यक्ष अनिल जोशी (मृतक) का भाइ सुनिल जोशी, सुनिलकी श्रीमती रविना श्रेष्ठ, तत्कालीन प्रबन्धक रुकु श्रेष्ठ र ऋणी जसुदा पौडेल पुर्पक्षका लागि कारागार चलान भएका स्रेस्तेदार सीताराम खड्काले जानकारी दिए ।
यस प्रकणमा ५ जना प्रतिवादी धरौटीमा छुटेका छन् । स्रेस्तेदार खड्काका अनुसार सहकारीका लेखा समिति संयोजक प्रितम श्रेष्ठ, लेखापाल सुमना राई र कोषाध्यक्ष रमा शाक्य जनही १०र१० लाख तथा सहकारी सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईँ र सचिव मनोज राई ५र५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।