सुन चाँदीको भाउ घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर २५, सोमबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर २५, काठमाण्डौँ । सुन चाँदीको भाउ आज घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ तोकेको छ । यो हिजोकोभन्दा ५ सय रुपैयाँले सस्तो हो ।

हिजो सुनको भाउ तोलामा एक लाख १७ हजार ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले सुनको मूल्यमा पनि धेरै घटबढ भइरहेको छ । अघिल्लो हप्ता सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस