मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ १०, बुधबार (१ साल अघि)
  • २५ पटक पढिएको
मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी

माघ १०, जनकपुर । मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको छ। यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह सरकारमा सहभागी रहेकोमा फिर्ता बोलाएर सरकारबाट बाहिरिएको जनमत पार्टीका प्रदेश सांसद संजय यादवले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस