निर्वाचन आचारसंहिता उल्लंघन गर्दै शेखर कोइरालाको चियापान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ १०, बुधबार (१ साल अघि)
  • २० पटक पढिएको
निर्वाचन आचारसंहिता उल्लंघन गर्दै शेखर कोइरालाको चियापान

माघ १०, काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले मौन अवधि उल्लंघन गर्दै चियापान कार्यक्रम आयोजना गरेका छन् ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि जारी रहेका बेला कोइरालाले विराटनगरस्थित निवासमा चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

चियापानमा राष्ट्रियसभाका उम्मेदवार समेत रहनु भएका कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईँलगायत सहभागी भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस