भोलीदेखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ १५, सोमबार (१ साल अघि)
  • १६ पटक पढिएको
भोलीदेखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने

माघ १५, काठमाडौँ । भोलीदेखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्नेछन् । जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आजसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुने गरेका छन् ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै तोकेको कार्यालय समय अनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस