बेलायती सेना प्रमुख दिनभर दौडधुपमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० माघ १६, मंगलबार (१ साल अघि)
  • ४५ पटक पढिएको
बेलायती सेना प्रमुख दिनभर दौडधुपमा

माघ १६,काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख सर प्याट्रिक सन्डर्स मङ्गलवार दिनभर दौडधुपमा रहे । नेपाली सेनाको निमन्त्रणामा काठमाडौँ आएका उनले एकैदिन प्रधानमन्त्री, रक्षामन्त्री, परराष्ट्र मन्त्री र प्रधानसेनापतिसँग शिष्टाचार भेट गरे ।

यही माघ १५ गतेदेखि आएका उनको भ्रमण २० गते सम्पन्न हुनेछ । उनको भ्रमण सम्पन्न हुनासाथ बेलायतबाट उच्चस्तरका अधिकारीले नेपाल भ्रमण गर्दैछन् । दुई सातापछि बेलायतका विकास मन्त्रीले नेपाल भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।

बेलायती सेना प्रमुखले मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्र मन्त्री एनपी साउद र प्रधान सेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरे । सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटमा दुई देशको आपसी हितका बारेमा कुरा भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले जनाएका छन् ।

बेलायती सेना प्रमुखले सिंहदरबारमै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्का र परराष्ट्र मन्त्री साउदसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरे । भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र बेलायतबिच लामो समयदेखिको गहिरो द्विपक्षीय सम्बन्ध रहेको र उक्त सम्बन्ध जनस्तरसम्म फैलिएको बताएको उनको सचिवालयले जनाएको छ ।

खड्काले ब्रिटिस सेनामा सेवारत ब्रिटिस गोर्खाहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सन् १९९७ अघि सेवा निवृत्त भएका ब्रिटिस गोर्खालीहरूको आफ्ना बेलायती समकक्षहरूसँग समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको माग सम्बन्धमा बेलायतको तर्फबाट सकारात्मक पहलको निमित्त समेत अनुरोध गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस