चार दिनपछि ग्वार्कोस्थित ओभर पासबाट गाडी गुड्ने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ २, सोमबार (१६ घण्टा अघि)
  • ५१ पटक पढिएको
चार दिनपछि ग्वार्कोस्थित ओभर पासबाट गाडी गुड्ने

असार २, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित ओभर पासमा चार दिनपछिदेखि सवारी साधन गुड्ने भएका छन् । ओभर पासको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको हो ।

आगामी ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ओभर पासको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनसँगै ओभर पासबाटै सवारी साधन सञ्चालन गरिने भएको हो ।

गएको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।

मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाईनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस