असार २, काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्कीस्थित होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई उल्लेखित होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा होटेल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौतअनुसार बैंकका कर्मचारी र कर्मचारीका परिवार तथा ग्राहकले होटलमा खाना र पेय पदार्थमा १० प्रतिशत र आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन् ।
‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित बैंकका नेपालभर ३११ शाखा कार्यालय, २८४ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत ३५ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह आइरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भइसकेको छ ।