बाग्मती प्रदेशमा कोरोना महामारी रोक्न योजनाहरु निर्माण ! के-के छन् योजनाहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ७, शुक्रबार (५ साल अघि)
  • ४२ पटक पढिएको
Post Thumbnail

चैत्र ७, हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट बाग्मती प्रदेशलाई जोगाउन काम सुरु गरिएको छ । आज शुक्रबार हेटौँडामा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठक प्रदेशस्तरिय कोरोना नियन्त्रण समितिले कोरोना रोक्न विभिन्न काम गर्ने निर्णय गरेको छ । समितिको बैठकले हेटौडास्थित आपतकालीन केन्द्रमा समितिको सचिवालयको रुपमा विकास गर्ने र त्यसका लागि आवश्यक सामग्री प्रदेश सरकारले तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । सचिवालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको प्रतिनिधि रहने छन् । सचिवालयलाई २४ सै घण्टा सञ्चालनमा ल्याउने जनाइएको छ ।

बैठकले कोरोनासँग सम्बन्धित सूचना संकलन गर्न फरम्याट बनाएर १३ वटै जिल्ला प्रशासन कार्यालयमा आजै पठाउने, सवारी साधनमा आवत जावत गर्नेहरुको हकमा १३ वटै जिल्लामा सुरक्षा निकायले निगरानी राख्ने, विदेशी नागरिक र विदेशबाट फर्केको नेपाली नागरिकको पनि अभिलेख राख्ने, जिल्ला सदरमुकाममा बिहान बेलुका माइकिङ गराएर कोरोनाका बारेमा जनचेतना जगाउने निर्णय गरेको छ ।

यसैगरी, सवारीसाधन रोकिने ठाउँमा सहायता डेक्स खडा गरी राख्ने, बिद्यालय तथा बिश्वबिद्यालय विदा भएपछि काठमाडौ उपत्यकाबाट अन्य जिल्लामा जानेहरुमा हुन सक्ने संक्रमणका बारेमा निगरानी राख्ने निर्णय गरेको छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलिया, मुख्यमन्त्रि तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव तोयम रायसहित,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । साथै प्रदेशस्तरिय कार्यालयका प्रमुख पनि सहभागी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस