कोरोना कहर : दैनिक दोब्बर हुँदै अमेरिकामा मृत्यु संख्या !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र १५, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत १५, काठमाडौं । अमेरिकामा शुक्रबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ४ सय जनाको मृत्यु भएको छ । वर्ल्ड ओमिटरकाअनुसार यससँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६९५ पुगेको छ । बिहिबार कोरोना भाइरसको कारण अमेरिकामा दुई सयको मृत्यु भएको थियो ।

त्यस्तै शुक्रबार एकैदिन अमेरिकामा १८ हजार नयाँ संक्रमित भेटिएका छन् । यससँगै समग्र संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ ।

अमेरिकाले कोभिड–१९को असर अर्थतन्त्रमा न्यूनीकरण गर्न २० खर्ब अमेरिकी डलरको आर्थिक प्रोत्साहन प्याकेज ल्याइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यो भाइरस इस्टर (अप्रिल १२) सम्म मात्र रहने दाबी गरिरहेको अवस्थामा यो महामारी उल्लेख्य मात्रामा बढेको हो । बिहीबार राति ट्रम्पले भाइरस नियन्त्रणको विषयमा चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गरी सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।

अहिलेसम्म कोभिड–१९ बाट विश्वभर संक्रमित हुनेको संख्या ५ लाख ९६ हजार नाघिसकेको छ । यो भाइरसबाट ज्यान गुमाउनेको संख्या पनि २७ हजार नाघिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस