चैत्र १५,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घरभित्रै बसेर कोरोना भाइरस (कोभिड १९) महामारी विरुद्धको लडाइँ जित्न सरकारलाई साथ दिन आह्वान गरेका छन् । सत्तारुढ दलका अध्यक्षसमेत रहेका प्रचण्डले शनिबा भिडियो सन्देशमार्फत जनतालाई घरमै बस्न र सुरक्षित रहन आग्रह गरेका हुन् ।
अध्यक्ष प्रचण्डले सरकारले गरेको लगडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै आधिकारिक सूचनालेमात्रै जोखिमबाट जोगिन सकिने भएकाले सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचार संहिताको पालना गर्न सबैलाई अपिल गरेका हुन् ।
उनले जनता र सरकारले आवश्यक सावधानी अपनाएकोमा धन्यवाद दिँदै थप सावधानी अपनाउन आग्रह गरे । प्रचण्डले तीनै तहका सरकार र पार्टीका सदस्यहरुलाई यस विरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व गर्न आह्वान समेत गरेका छन् ।
अध्यक्ष प्रचण्डले चिकित्सक सुरक्षााकर्मी लगायत अग्रमोर्चामा खटिनेहरुलाई आवश्यक उत्प्रेरणा दिइने र सातै प्रदेशमा उपकरणसहित ल्याब स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
https://www.facebook.com/prachanda.nepal/videos/3146437515582101/