लकडाउन चैत २५ गतेसम्म जारी !सरकारद्वारा विशेष राहतको घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १६, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र १६, काठमाडौ । मन्त्रिपरिषद्ले देशमा कोरना भाइरस संक्रण नियन्त्रणका लागि यस अघिको लकडाउन (हिँडडुल गर्न प्रतिबन्ध) अवधि चैत २५ गतेसम्मका लागि लम्याउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार मान्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए।

नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।

सरकारले कोरोनाबाट प्रभावितका लागी विशेष राहतको समेत घोषणा गरेको छ । जसमा  विद्युत महसुल र खाद्यान्नमा छुट,लकडाउन प्रभावित श्रमिकलाई स्थानीय तह र प्रदेशले राहत दिनुपर्ने,एक महिनाको घरभाडा मिनाहा गर्न सरकारको आग्रह समेत गरेको छ । सरकारले व्यवसायीलाई समेत छुट्टै राहतका प्याकेज ल्याएको छ । केहि नितिगत सुधार समेत बैठकले गरेको छ । बैंकिङ क्षेत्रलाई पनि सरकारले समेटेको छ ।

सरकारले कोभिड १९ रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाखको बिमा, पूर्ण रुपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरुले दैनिक वा मासिक ज्यालादारीमा काम गर्ने श्रमिकलाई चैत महिनाको पुरै तलब दिनुपर्ने निर्णय गरेको  छ ।

ताजा अपडेट

खोजी गर्नुहोस