चैत्र १८, काठमाडौं । नेपालीलाई नै नेपाल छिर्न नदिएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन्। आफ्नो देशमा आउन जनताले नारा जुलुस गर्नुपर्ने भन्दै उनले प्रश्न पनि गरेका छन् । ट्विटरमार्फत सर्वसाधारण जनताले आफ्नै देशमा आउन लागि नारा जुलुस गर्नुपर्ने यो कस्तो अवस्था हो भन्दै उनले प्रश्न गरेका हुन् ।
उनले लेखेका छन्, ‘आफ्नो देशमा आउन पनि नारा जुलुस गर्नुपर्ने यो के होरु दार्चुला सदरमुकाम पारी भारतको धार्चुलामा रहेका सयौं नेपालीहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु ।’